२०८१ आश्विन ५ , शनिवार

एमाले सचिवालय बैठक सुरु

Capture – 2023-08-14T131734.373

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ । सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२ः३० बजे बैठक सुरु भएको हो ।
रासस