२०८१ मंसिर ८ , शनिवार

वास्तु नै बक्र भएपछि कसरी बन्छ “अस्तु” सुचक्र ?

Capture

गाेपी ढकाल । सुचक्र हाेइन …. बरू त्यहाँ बिना बादलकाे मेघ ग र्ज न सक्छ । किनकि खराब वास्तुले त्याे स्थानकाे चुम्बकीय ध्रूवत्व विकर्षण गराउने हुदा त्यहाँबाट नकारात्मक उर्जा प्रवाह भई त्यसकाे प्रभावले आत्म -नियन्त्रण गुमाउदा मान्छेहरू पदका लागि पागल जस्तै बनेर दगुर्न थाल्छन ।

 

यसरी लेख्दै गर्दा केही सज्जन हरूले प्रश्न गर्नुहाेला …. वास्तुकाे कहाँनेर भयाे दाेष ? त्यसमा थप्दै फेरि भन्नु हाेला — करीर वृक्षकाे पात पलाउदैन भने बसन्त ऋतुकाे के दाेष ? अनि काकाकुलकाे मुखमा पानी पर्दैन भने मेघलाई दिन मिल्छ दाेष ?
मिल्छ , किनकि समयमा हाेस पुर्‍याउन नसक्नु भनेकाे नै दाेष हाे । जहाँ फाेहाेर हुन्छ त्यहाँ झिंगा भन्किन्छ भनेझैं जहाँ वास्तु बक्र हुन्छ त्यहाँ नकारात्मक उर्जा प्रवाह हुन्छ । त्यस्ताे नकारात्मक उर्जाकै कारण सन्तुलन बिग्रिएर कहिले आन्तरिक वैमनस्यता चुलिएर जाने , टुट- फुटका घटना र परिघटना हरू व्यहोर्नुपर्ने कुरालाई आत्म विश्लेषण गरि सूक्ष्म रूपमा क्ष-किरण ( x- ray ) गरेर हेर्न नजान्ने मान्छेले वास्तु बक्रकाे रहस्य बुझ्न सक्दैन ।

 

नकारात्मक उर्जाका कारण प्राणशक्ति भित्रकाे विवेकशक्ति हराएपछि मान्छेकाे इच्छाशक्तिमा “अपेक्षा” बलवान् हुन्छ । श्रीमद्भागवत गीताले मेरूदण्डीय चक्र मध्येकाे चाैथाे – अनाहत चक्रमा बसेर इन्द्रिय आसक्त बनाउने मनलाई “अपेक्षा” नामक राक्षस भनेकाे छ । आसक्त भनेकाे उमेरले पिण्डेश्वर बाबा बन्न लाग्दा समेत पद र इन्द्रिय तृप्तिका लागि मरिहत्ते गर्नु हाे । त्यस्ताे अपेक्षाले आफ्नाे अताेषनीय इच्छा पूर्तिका लागि उमेरमा वृद्ध पर-पितामह नै भएपनि परम समाधि अघि सम्म अन्तहीन प्रयासमा दगुर्न लगाउछ । किनकि अनाहत चक्र बक्र भएर प्राणशक्तिमा “अपेक्षा” नामक राक्षसले डेरा जमाएपछि विवेकशक्ति नियन्त्रणमा हुदैन । विवेकशक्ति नियन्त्रणमा नरहेपछि छद्मआत्मा अथार्थ आसक्ति संग लड्ने उ संग कुनै सामर्थ्य हुदैन । त्यसरी “अपेक्षा” नामक राक्षसका कारण धैर्यशक्ति गुमाए पछि आफैंले सृजना गरेकाे इन्द्रप्रस्थ नै भएपनि त्यसलाई खण्डप्रस्थ बनाउन उसले कुनैपनि कसर बांकी राख्दैन । त्यसरी मान्छेका मनमा “अपेक्षा ” बलवान भएपछि त्याे राक्षसले आत्मवेत्ता लाई समेत आत्म – विनाशकारी आदतकाे दास बनाउछ । जहाँ लक्ष्य हुन्छ त्यहाँ लक्ष्मी हुन्छिन अनि जहाँ सच्चाई हुन्छ त्यहाँ मात्र देवताकाे वास हुन्छ । किन्तु जहाँ लक्ष्यहीन “अपेक्षा” काे कुदृष्टि परेकाे हुन्छ त्यहाँ लेवताले वास गर्ने हुदा त्यहाँ बुराई मात्र हुन्छ । देवताले आत्म- संयम दिन्छन – लेवताले लाेभ , देवताले आत्म-नियन्त्रण गर्छन – लेवताले कामेन्द्रियकाे वासना …. अनि देवतामा क्षमाशीलता हुन्छ भने लेवतामा अहंकार सहितकाे क्राेध ।

 

देवताले सुख दिन्छन – लेवताले दु:ख , देवता दयालु हुन्छन भने लेवताकाे गुण भनेकाे नै क्रूरता हो । देवता निस्वार्थका हुन्छन अनि जहाँ निजी स्वार्थ र कामवासनना लुकेकाे हुन्छ त्यसैलाई भनिन्छ लेवता । देवतामा समझदारी हुन्छ – लेवतामा ईर्ष्या , देवतामा आत्मविश्वास हुन्छ – लेवतामा भय , देवतामा आत्म-चेतन हुन्छ – लेवतामा अहं , देवतामा पूर्णविश्वास हुन्छ – लेवतामा सन्देह , देवतामा जनता प्रतिकाे आकर्षण हुन्छ भने लेवतामा विकर्षण अनि बहादुरी भनेकाे देवता हाे भने जहाँ कायरता हुन्छ त्यसैलाई भनिन्छ लेवता । यसरी मान्छेकाे मनलाई चञ्चल , अधीर र विक्षिप्तकाे बनाउने भनेकाे नै वास्तु दाेष हाे जुन दाेष भित्र छिरेर अपेक्षाले एकता लाई नै अनेकतामा विभक्त गराउन थाल्छ । त्याे अपेक्षाले अच्युत लाई – च्युत गराउछ , परिष्कृत लाई – विकृत गराउछ अनि मस्तिष्क भित्र रहेर मार्गनिर्देश गर्ने चेतना लुप्त गराएर त्यसले आसक्तिकाे बीज मात्र अंकुरित गराउदछ । त्यसैले अपेक्षाले गर्दा बक्र भएकाे मान्छेकाे मनलाई प्राणशक्ति , विवेकशक्ति र चेतनाकाे उत्थान बाट सुचक्र बनाई अचल , सुधीर र शान्त गराउने हाे भने सर्वप्रथम वास्तु दाेषबाट संक्रमित स्थान परित्यक्त गर्नै पर्दछ भन्दै वर्षाैं देखि आग्रह गर्दै आएकाे हाे ।

 

त्यसरी वास्तु दाेषबाट मुक्त भएपछि पनि सत्य र असत्य , धर्म र अधर्म , न्याय र अन्याय , सच्चाई र बुराई अनि आकर्षण र विकर्षणका बिचमा द्वन्द्वहरू हुन्छ नै किन्तु त्यस्ताे द्वन्द्वमा सत्य आफैं प्रकट भएर आउदा मिथ्या भने लज्जित हुदै लुप्त भएर जान्छ । वास्तु बक्र भएकाे स्थानमा नकारात्मक उर्जा प्रवाह गर्ने “अपेक्षा” नामक राक्षसकाे काम भनेकाे नै निजी सुख , सन्तुष्टि , प्राप्ति , तृप्ति र तुष्टिकरण लागि इन्द्रियकाे चरम दुरुपयोग गर्नु हाे ।

 

अन्तमा वास्तु र श्रीमद्भागवत गीतामा वर्णित मेरूदण्डीय चक्रहरू बक्र हुदा त्यसभित्र छिरेर राक्षसले मच्चाउने वितण्डा बारे प्रस्तुत आजकाे याे सन्दर्भ हरू झट्ट पढ्दा तिताे लागेपनि यथार्थमा सर्वहितकारी मिठाे शब्दवाण प्रक्षेपण गरेकाे हाे । यसरी लक्ष्यभेदन गरिएकाे शब्दवाण भित्र कतै शास्त्र , कतैं युक्ति , कतै व्यङ्ग्य र कतै आक्षेपहरू भएपनि पार्टीको विचाररूपी सुन्दर बगैंचामा कल्पवृक्षकाे फुल फुलाउने र त्यसलाई “अपेक्षा” नामक सूक्ष्म किटाणु बाट जाेगाउने प्रयत्न गरेकाे मात्र हाे ।
सत्यमेव जयति: ।