२०८१ आश्विन ७ , सोमवार

‘बिग बोस ओटिटी २’ को बिजेता बने एल्विश यादव ‘ सिस्टम ‘

big boss ott

सुनाखरी न्युज / काठमाडौं –  बिग बोस ओटीटी २ को विजेता एल्विश यादव बनेका छन्। यस शोमा पहिलो पटक वाइल्ड कार्ड कन्टेस्टेन्ट एल्विश यादवले ट्रफी आफ्नो नाम गरेका छन्। बिग बोसको १६ वर्षको इतिहासमा वाइल्ड कार्डमार्फत इन्ट्री गरेका सहभागीले ट्रफी जितेको यो पहिलो रेकर्ड हो । शो मा इन्ट्री गरेपश्चात नै एल्विशले बिग बोगको घरमा र प्रशंसको मनमा ठाउँ बनाउन सफल भएका थिए । जितसँगै एल्विशले २५ लाख नगद पुरस्कार पनि जितेका छन् ।

 

२४ वर्षीय एल्विश पेशाले युट्युवरका साथै सोशल मिडिया इन्फ्लुएन्सर हुन् । हरियणा गुरुग्रामका एल्विशले सन् २०१६ मा युट्युबरको यात्रा सुरु गरेका थिए । युट्युबमा उनको तीन वटा च्यानल छ र हरेक च्यानलमा सस्क्राइबर मिलियन्समा छन् ।भारतीय मिडियामा उल्लेख भए अनुसार उनी युट्युबबाट हरेक महिना ८ देखि १० लाख कमाउँछन् । बिग बोस ओटीटी २ को घरमा आउने बित्तिकै एल्विश यादवको सिस्टम चारैतिर चर्चा थियो। एल्विशले शो मा वाइल्ड कार्ड कन्टेस्टेन्टको रूपमा प्रवेश गरेका थिए। आउने बित्तिकै आफ्नो उपस्थितिको महसुस सबैलाई गराएका थिए।

 

शो मा एल्विश यादव र अभिषेक मल्हानको भाइचारा पनि एकदमै मन पराइएको थियो। एल्विश लगातार शो मा अभिषेकलाई सपोर्ट गरेको देखिन्थे। तर, अन्तिम एक हप्ता भने उनीहरुबीच एकदमै बहस भएको देखिन्थ्यो।बिग बोस ओटीटी २ को घरमा अभिषेक मल्हानको यात्रा एकदम शानदार रह्यो। शो मा उनको पहिलो दिन नै जनताको रूपमा बसेका पाँच सेलिब्रेटीको निशानामा आइसकेका थिए, तर फुकरा इन्सानले सबैलाई राम्रो जवाफ दिए।

 

बिग बोसको घरमा अभिषेक पहिलो हप्ता नै चम्किन थाले। शो मा उनी आफ्नो दोस्ती र लडाई दुबैका लागि चिनिन्थे। मनीषा रानीसँग उनको बोन्ड सबैलाई मन पर्‍यो भने, बेबिका धुर्वेसँग अभिषेकको एकदमै लडाई भयो। यसैबीच अभिषेक मल्हानको जिया शंकरसँग लव एंगल पनि देखाइयो। तर, अभिषेकले उनलाई सधैँ साथी भनेका थिए र जिया शंकर पनि बाहिर आएर उनलाई सर्पोट गरेको देखिइन्।बिग बोसमा विजेताले पाउने रकम घट्दो क्रममा छ। शुरुआती चरणमा करोडौँमा पाउने रकम अहिले घटेर २५ लाखमा सीमित भएको छ ।