२०८१ आश्विन ७ , सोमवार

कन्सर्टका लागि नेपाल आउँदै अरिजित सिंह

arijit singh

सुनाखरी न्युज  / काठमाडौं –  चर्चित भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् ।ग्यारेज इन्टरटेनमेन्टका रसिक भट्टराईले सन २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको बताए । कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास आफूहरुले लिएको आयोजकले बताएका छन ।

 

भारतमा रुचाइएका पाश्र्व गायकमा पर्ने अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन ।आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गते काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दियो ।

 

‘अरिजीत सिंह लाइभ इन नेपाल’ नाम दिइएको नेपाल कन्सर्टको अर्ली बर्ड टिकट ४ हजार र साधारण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।