२०८१ आश्विन ६ , आइतवार

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

samjabadi

सुनाखरी न्युज /  काठमाडौँ  समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा ( एकीकृत समाजवादी)  पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा ( एकीकृत समाजवादी)  का उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

 

सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताउनुभयो । यसैगरीे बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र) , जनता समाजवादी पार्टी ( जसपा) , नेकपा ९एकीकृत समाजवादी० पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन । रासस