२०८१ आश्विन ६ , आइतवार

अर्का महिना आयोग गठन हुन्छः लेखक

Capture – 2023-08-23T160235.393

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करीका विषयमा छानबिन गर्न आगामी असोज ५ गते सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन हुने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन हुने जानकारी दिनुभयो ।

उहाँले यसअघि भएका सबै खालका सुन तस्करीको विषयमा सो आयोगले छानबिन गर्ने बताउनुभयो । कानुनी रुपमा कुनै कमजोरी रहेको वा सुधार गर्नुपर्ने विषय भए त्यसका बारेमा समेत आयोगले सरकारलाई सुझाव दिने उहाँको भनाइ थियो । उहाँले आजको सहमतिपछि अब सङ्घीय संसद्को दुवै सदनको बैठक नियमित रुपमा सञ्चालन हुने जानकारी दिनुभयो ।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफूहरुले नियमित रुपमा उठाइरहेको उच्चस्तरीय छानबिन आयोगको गठनको माग सम्बोधन भएको बताउनुभयो । उहाँले आयोग गठनपछि विगतका सबै खालका सुन तस्करीका विषयमा छानबिन हुने प्रतिक्रिया पनि दिनुभयो ।
रासस