२०८१ आश्विन ७ , सोमवार

सारुकको ‘माया’ सार्वजनिक

saruk

सुनाखरी न्युज/ काठमाडौं ।
दिवंगत अभिनेता सारुक ताम्राकार अभिनित फिल्म ‘ह्यासट्याग माया’का केही दृश्य समेटेर तायर पारेर म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।निर्देशक राजीव गुरुङले फिल्म पूरा गर्न नसके पनि श्रद्धाञ्जली स्वरुप यो गीत तयार पारेको बताए ।

‘माया’बोलको भिडियोमा सारुकको छायांकनका दृश्यहरु समावेश छन् । ‘हामीले फिल्म पूरा गर्न सकेनौं । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो,’ गीत सार्वजनिक कार्यक्रममा गुरुङले भने,’उ नरहेता पनि उसको काम हामी माझ रहिरहनेछ ।’

 

भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारको अभिनय छ । भिडियो अधिकांश बर्दियामा खिचिएको दृश्य समेटिएको पनि गुरुङले बताए । कार्यक्रममा सारुकका आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने, रोहित अधिकारी र निर्देशक सुदर्शन थापा उपस्थित थिए ।

आमा रुकमणीले सारुकले ुह्यासट्याग मायाुका लागि तीन वर्ष दिएको बताउँदै ठूलो पर्दामा हेर्न नपाए पनि भिडियोमा हेर्न पाउँदाको खुसी साटिन् । ‘रानी’बाट अभिनयमा डेब्यू गरेका सारुकले ‘मेरी मामू’ ‘इन्टु मिन्टु लन्डनमा’मा अभिनय गरेका थिए । सारुकले असार २१मा आफ्नै निवासमा आत्महत्या गरेका थिए ।