२०८१ मंसिर १३ , बिहिवार

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

Capture – 2023-08-30T111131.088

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

भदौ १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश प्राप्त गर्न सक्नेछन्।
रासस