२०८१ आश्विन ६ , आइतवार

एमाले नेताहरु जनकपुरमा

Capture – 2023-08-30T121918.391

सुनाखरी न्युज/ काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरु जनकपुर अवतरण भइसक्नु भएको छ ।

सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उहाँहरु पुनः अर्काे जहाजबाट जनकपुर पुग्नुभएको हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै हुनुहुन्छ ।

एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो । रासस