२०८१ मंसिर १३ , बिहिवार

जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जना जले

Capture – 2023-08-31T150930.483

सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् । उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

दमकल सेवाका कर्मचारीले आगो निभाइसकेका छन् । घाइतेलाईहरूलाई स्वास्थ्य केन्द्र र अस्पताल पु¥याइएको छ । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । भाग्न छाडेर आफ्ना सरसामान जोगाउने प्रयासमा रहेका केहीले ज्यान नै गुमाएका जनाइएको छ ।

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् । उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन् ।
रासस