२०८१ आश्विन ७ , सोमवार

सीतापाइलामा नयाँ सिनेमा हल सञ्चालनमा

cinemia hall

सुनाखरी न्युज /  काठमाडौं ।

काठमाडौंको सितापाइलास्थित अनुपम मलमा शुक्रबार नयाँ सिनेमा हलको उद्घाटन गरिएको छ । उक्त मलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानीमा सीके सिनेमाज् सञ्चालनमा आएको हो ।सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकका लागि मन्दिर भएको बताए ।

 

सिनेमा हल कलाकारका लागि नभई सिनेमाप्रेमीका लागि खुसीको कुरा भएकाले शहरमा मात्रै होइन, गाउँगाउँमा सिनेमा हल खोल्नुपर्छ, अध्यक्ष केसीले भने, सीके सिनेमाज् सञ्चालमा आउँदा सबै उत्साहित भएका छौँ ।

 

यस्तै, काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा सिनेमा हल सञ्चालन गरेकोमा सम्पूर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए । अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको उक्त सिनेमा हलमा ३ सय ९१ सिट क्षमता छ ।

 

करिब १२ करोड रुपैयाँको लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउन्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए ।