२०८१ आश्विन ७ , सोमवार

बलिउड अभिनेता आयुष्मान वाइवाइ चाउचाउको ब्रान्ड एम्बेसडर

OIP (2)

सुनाखरी न्युज /  काठमाडौँ ।

बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादन वाइ वाई चाउचाउको ब्रान्ड एम्बेसडर बनेका छन् । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुरानालाई वाइवाई चाउचाउको नयाँ ( ब्रान्ड एम्बेसडर ) नियुक्त गरेको छ।

 

सिजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीमाझ लोकप्रिय छ । वाइवाइकोउत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ। ‘यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहन्छ’ उनले भने ।

 

सीजी फूड्स र सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले वाइवाइलाई विश्वका प्रशंसकमाझ थप रूपमा कसरी विस्तार गर्ने भन्ने बारे गम्भीर चिन्तन भइरहँदा आयुष्मानसँगको सहकार्यले सजिलो बताए ।