२०८१ मंसिर ९ , आइतवार

सेयर लगानीकर्ता निराश भएकै हुन् ? किन खस्कँदै छ कारोबार ?

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा लगानीकर्ता निराश बन्दै गएका छन् । बजार परिसूचक नेप्से घट्दै जाँदा लगानीकर्ताको निराश पनि बढेको हो ।  जसले गर्दा कारोबार रकम पनि घट्दै गएको छ ।

गत साताको बुधबार र बिहीबार तथा यो साताको आइतबार लगातार ३ कारोबार दिनसम्म घटेको नेप्से सोमबार समान्य सुधार हुँदा लगानीकर्तामा पनि केही उत्साह देखिएको थियो । जसले सोमबार कारोबार रकम पनि १ अर्ब माथि पुग्यो । तर, मंगलबार पुनः नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन आएको छ ।

 

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.४५ अंकले गिरावट हुँदा १९६१.३७ को बिन्दुमा बन्द भएको छ । मंगलबार उत्पादनमूलक र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक ०.३८ प्रतिशत र व्यापार उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.७९ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७६ प्रतिशत र हाइड्रोपावर उपसूचक ९०.६५ प्रतिशतले गिरावट भएको छ ।

मंगलबार नेप्सेमा २५ हजार २२७ वटा कारोबारमा २४ लाख ८० हजार ९२९ कित्ता सूचीकृत धितोपत्र किनेबचे हुँदा ७९ करोड ६९ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालय एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ७ करोड ५९ लाखको कारोबार हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ९६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।