२०८१ कार्तिक १६ , शुक्रवार

सन्दीप लामिछाने विरूद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा, आज अन्तिम बहस

kathmandu district court

सुनाखरी न्युज/ काठमाडौं ।

नाबालिग बलात्कारको सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछाने विरूद्धको मुद्दाको पेसी तोकिएको छ। सो मुद्दा तेस्रो क्रममा रहेको छ।

न्यायाधीश कार्कीले नपन्छाए मुद्दामा आज अन्तिम बहस हुन्छ।

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएका थिए।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ।