२०८१ आश्विन ७ , सोमवार

महेन्द्र यादवमाथिको आक्रमणबारे जानकारी गराउन सभामुखको रुलिङ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले  रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले बिहीबार  यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् ।

 

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा बुधबार  नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।

यस्तै, सांसदहरुले उपचारको अभावमा वालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।