२०८१ पुष २४ , बुधवार

आज शनिबारः कुन भगवानको पुजा गर्ने ?

shanidev-wallpaper

सुनाखरी न्युज/ काठमाडौं ।
आज शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गर्नु पर्छ ।यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ ।

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ ।

 

शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।