सुनाखरी न्युज/नुवाकोट । आफ्नो बाबुलाई सम्मान दिने दिन हो कुशे औंसी । नेपालमा कुशेऔंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्य औंसीको दिन पिता दिवस (बाबुको मुख हेर्ने दिन) मनाउदै आएको छ । यस दिनमा बुवाको मुख हेर्ने अर्थात बुबा दिवसको रुपमा मनाई बुवालाई विशेष सम्मान गरेर मनाईदै आएको छ ।
आज सेइ बोडिङ लिखु -६ छहरे मा सेइ चेम्बर ले बाबुको मुख हेर्ने दिन (fathers day)को कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा केन्द्रिय प्याप्सन सदस्य प्रमुख नारायण भन्डारी अतिथि रहेको कार्यक्रम रहनु भएको थियो ।
विविध विविध जाति जाती को भेस भुषा लगाएर नाच प्रस्तुत गरेका थिए । अभिभावक मध्य जो बुबाहरु लाई कुपन छान्न लगाइएको थियो र १ नम्बर पर्ने अभिभावक लाई केक काट्न लगाइएको थियो । कार्याक्रममा अभिभावकहरु को बाक्लो उपस्थिती रहेको थियो ।