२०८१ आश्विन ७ , सोमवार

आजको सन्दर्भमा बिपि को ” राष्ट्रिय मेलमिलाप निति ” को औचित्य र सान्दर्भिकता

Kiran Giri 450300

किरण गिरी । आज बिपि को ” राष्ट्रिय मेलमिलाप नीति ” लाई एउटा सानो पंक्ति बाट गलत एबं प्रतिगामी ब्याख्या र परिभाषा गर्न खोजेको पाइयो ।

बिपि ०३३ सालमा संबैधानिक राजसंस्था र नेपाली कांग्रेस बिच ” राष्ट्रिय मेलमिलाप नीति ” लिएर नेपाल को राजनीतिक, सामाजिक र आर्थिक बिकास गरिनु पर्दछ भन्ने मान्यता बोकेर भारत निर्बासन बाट नेपाल फर्केका थिए ।
तर तत्कालीन राजतन्त्रले बिपि ले अबलम्बन गर्न खोजेको मेलमिलाप निति एक पक्षीय रुपमा उलंघन गरेर बिपि लगायत नेपाली कांग्रेसका नेताहरु लाई जेल पठायो । मेलमिलाप दुबैतर्फबाट हुनु जरुरी थियो । त्यसो नगरेर राजतन्त्र याने दरबारले मेलमिलाप नितीको गला अबरुद्ध गरिदिएको थियो । यसरी मेलमिलाप नितीको सान्दर्भिकता र औचित्य दरबारले त्यतिबलै समाप्त गरिदिएको हो ।
०३६ सालको जनमत संग्रहमा बिपि लगायत नेपाली कांग्रेसका नेताहरुको मुलुक भर आवागमन मा निषेध गर्ने र बिपि चडेको हबाइजहाज बिराटनगरमा अवतरण गर्न समेत नदिएर दरबार नेपाली कांग्रेस प्रति सदा क्रुर र असहिष्णु बनेर दरबार आफैले मेलमिलाप नीति को सान्दर्भिकता समाप्त पारिदिएको हो ।

नेपाल को राजतन्त्र कांग्रेस प्रति कहिल्यै उदार र सहिष्णु बन्न
सकेन बरु बामपंथी हरु लाई प्रयोग गरेर कांग्रेस लाई सिध्याउन तर्फ लागिरह्यो । दरबारले महामानव राजनेता बिपि कोइराला को मेलमिलाप निति को महत्त्व , गरिमा र दुरदर्शिता कहिल्यै बुझ्न खोजेन र सकेन । नेपाल को तत्कालीन राजतन्त्र ले बिपिको मेलमिलाप नीति को भ्रुण हत्या गरिसके छ ।

मेलमिलाप नितीको आबरण र नारामा कांग्रेस लाई भ्रमित पारेर शक्ति पुनार्जन गर्ने सकिन्छ कि भन्ने दिवा स्वप्न ज्ञानेन्द्र , रबिन्द्र र राजेन्द्र हरुले नदेखे हुन्छ । आजको नेपाली जनता को शैक्षिक र चेतना को स्तरले जन्मको आधार मा राजा बन्ने परंरागत पुनराबृत्ती बिल्कुल स्विकार्दैन र चाहादैन ।

फेरि हिजोको मात्रै घटना केलाउने हो भने ०६९ साल असोज -१८ गते र ०६१ साल माघ -१९ गते जन निर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई २/२ पटक पद च्युत गरी प्रजातन्त्र को हत्या गरेर नेपाल को राजतन्त्र ले कुनैपनी प्रकारको मेलमिलाप नीति सदाको लागी समाप्त पारिदिएको छ।

नेपाली कांग्रेसको बर्तमान नेतृत्व , नेतृत्व तह , युबा पुस्ता को नेतृत्व र नवीन युबापुस्ता कुनै पनि तहले संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधान प्रतिकुल हुने कुनै पनि प्रबन्ध र प्रणाली स्वीकार गर्न सक्दैन र गर्दैन । नेपाली कांग्रेस को नेतृत्व मा आएको संबिधान र परिबर्तन लाई रक्षा गर्न नेपाली कांग्रेस सदा दृढ र प्रतिबद्ध रहने छ । आन्दोलन र परिबर्तन मा सरिक अन्य राजनीतिक दलहरू पनि अब जन निर्वाचित ” राष्ट्रपती ”
बाहेक कसैलाई जन्मका आधार मा ” अभिभावक ” मान्न तयार हुने छैनन र हुँदैनन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को यो शाश्वत राजनीतिक सत्य लाई सबैले बुझ्नु जरुरी छ ।

मुलुकमा आएको परिबर्तन पछि जनता ले अपेक्षा गरे अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका काम पर्याप्त रुपमा हुन सकेन यो सत्य हो । यो तथ्य हामी सबै नेपाली कांग्रेस ,एमाले , माओवादी , रास्वपा र मधेस बादी दलका नेता कार्यकर्ताले आ आफ्नो भुमिका र जिम्मेवारी अनुसार आत्मा आलोचना गर्दै देश , जनता र सुशासन को पक्ष मा इमानदार भएर अगाडि बढ्नु भने जरुरी छ ।

संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरु बिच भने नयाँ शिराबाट संबाद , सहमति र सहकार्य साथ मेलमिलाप नीति भने जरुरी छ ।
बिपिको ” राष्ट्रिय मेलमिलाप नीति ” सान्दर्भिकता र औचित्य पनि लोकतन्त्र , मानवअधिकार , प्रेस स्वतन्त्रता , नागरिक स्वतन्त्रता एबं अधिकारको रक्षा , समान पहुँच र समावेशीता को रक्षा नै हो ।
संबिधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गर्दै समुन्नत नेपाल र सम्मानित नेपाली को अबधारणा लाई सफल रुपमा कार्यान्वयन गर्नु र गराउनु नै बिपि को ” राष्ट्रिय मेलमिलाप नीति ” को सान्दर्भिकता र यौचित्य हो । नेपाली कांग्रेस यही मान्यता र बाटोमा निरन्तर दृढ एबं प्रतिबद्ध रहने छ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।