अदित्य बख्रेल/ काठमाडौं ।
सरकारी स्कूलका बहाल वाला शिक्षक/शिक्षकाहरू राजनैतिक दलका झोला बोकेर संगठन बनाउदैमा व्यस्त छन्।सरकारी/सामुदायिक स्कुलहरू घिनलाग्दो राजनिति अखडा र गुणस्तरहीन कारखाना बन्दै गइ रहेको छ।निजि बोर्डिङहरू शिक्षाको नाममा व्यापार थापेर चर्को शुल्क उठाइ रहेका छन् । एकभारी अनावश्यक,अव्यावहारिक पाठ्यक्रमको बोझले थिचिएका बच्चाबच्चीको कलिलो मानस्पटलदेखि नै ‘पुस्तक’ फोबियाको रोग छ।निरीह अभिभावकहरू मार्कसिटमा आफ्नो बच्चाको प्रतिशत देखेर मख्ख छन्।
यस्तो अवस्थामा देशको शिक्षा प्रणाली कता जाला ? पाठ्यक्रमको विषयवस्तु पढ्नुको साटो राजनैतिक दस्तावेज घोक्ने शिक्षक/ शिक्षिका माथि निगरानी गर्नु पर्छ। यो विषयमा राज्यको ध्यान कहिले पुग्ला ? कसैले सोचेको छ , शिक्षकहरु यसरी आक्रोशमा आउनु को कारण के हो? बिद्यालयनै यसरी अनिच्छित कालको लागि विद्यालय बन्द गरेर बिद्यार्थीमा पर्ने असरको हेक्का राख्नु भएको छ । सरकारी विद्यालयका विद्यार्थीहरु पढइबाट बन्चित भइ रहेका छन अखिर विद्यार्थीहरु ले यसको सामाना कहिले सम्म गर्नुपर्ने हो ? समस्याको समाधान बन्द हडताल विनापनि सम्भव छ,राज्यले पनि यस्ता संवेधानशिल विषय ध्यान दिनुपर्छ। बन्द हडतालको नाममा भएका यस्ता तमाम विकृतिले लाखौं सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको सुनौलो भविस्य अन्धकारमय बनाउदै छ शिक्षक साथीहरु । यो कुरा मनन गर्नुहोस ।