२०८१ आश्विन ७ , सोमवार

अभिनेता गौरवले श्रेयानीसँग गरे इन्गेजमेन्ट

Gaurav-Pahari-Engagement

सुनाखरी न्युज  /  काठमाडौं ।

नेपाली चलचित्रका अभिनेता गौरव पहारी र उनकी प्रेमिका श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेणीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो ।उनीहरूले बुधवार काठमाडौंको होटेल र्‍याडिसनमा परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन् ।

 

समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए ।गौरव नेपाली चलचित्रका चर्चित अभिनेता हुन् भने श्रेयानी फिटनेस प्रशिक्षक हुन् । उनीहरूको इन्गेजमेन्टमा सुनील थापा, विल्सन विक्रम राई लगायतका केही कलाकार उपस्थित थिए ।

 

गौरवका ‘होस्टेल’, ‘गाजलु’, ‘साइँली’लगायतका चलचित्र हिट छन् । ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका उनका ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत फिल्म आएका छन् । उनले ‘मञ्जरी’बाट अभिनय यात्रा सुरु गरेका थिए ।