२०८१ आश्विन ७ , सोमवार

बलिउडकी प्रसिद्ध गायिकाले गाइन् नेपाली गीत

nepali singer

सुनाखरी न्युज / काठमाडौं ।

सन्तोष श्रेष्ठको संगीत र हेम प्रभाष अधिकारीको शव्द रचनामा भारतकी प्रसिद्ध गायिका साधना सरगमले गाएको शान्ति गीतको भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा सो कार्यक्रम भएको हो ।

 

एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमा रहेको शान्ति गीतको भिडियोमा रक्षा श्रेष्ठ, दिया गिरी, चक्र साउद, कुमार फुयाल र अभेलिना खड्काको अभिनय छ ।कार्यक्रममा बोल्दै संविधानविद् डा। भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।

 

अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजनीन चेतनाको उपज भएको बताइन् । रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।