२०८१ आश्विन ७ , सोमवार

‘सालको पात’ मा पवन र सुमिनाको रोमान्स

266691591_Pawan_kha

सुनाखरी न्युज /  काठमाडौं ।

भ्वाइस अफ नेपालबाट गायनमा चिनिएका विनय कार्कीको नयाँ गीत ‘सालको पात’ सार्वजनिक भएको छ । विक्रम केसीको शब्द तथा गायक कार्कीकै संगीत गीतमा समेटिएको छ ।

 

गीतको म्युजिक भिडियोमा कलाकार पवन खतिवडा ( म्याकुरी)  र सुमिना खालिङको रोमान्स देख्न सकिन्छ । उनीहरुलाई अभिनयमा साथ सिवि चिरन, सुरेश खोली, बविता न्यौपाने दिएका छन् । आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियो सशान कडेलले निर्देशन गरेका हुन् ।

 

भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजवाहकको कोरियोग्री छ । आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियो सशान कडेलले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजवाहकको कोरियोग्री छ ।