सुनाखरी न्युज/ काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप प्रतियोगिता २०८० सम्पन्नभएको छ । प्रतियोगितामा दुई वर्ग गरि १०३ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता, तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठको विशेष आतिथ्यता र धर्मस्थली ब्याडमिन्टन एसोसिएसनका सभापति विजय श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिका नगरप्रमुख महर्जनले खेलकुद विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । हामीले पूर्वाधार सहित दक्ष जनशक्ति खेलकुद क्षेत्रको विकास र निर्माणमा आवश्यक बजेट विनियोजन गरेको र आगामीदिनहरुमा पनि युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखीकाम गर्ने बताउनुभयो ।
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं.६ का वडाध्यक्ष घनश्याम श्रेष्ठले आयोजकहरु लाई धन्यवाद व्यक्त गर्नुभयो । उनले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरु निरन्तर गर्नुपर्ने र वडाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्तगर्नुभयो । प्रतियोगितादुई वर्गमा खेलाइएको थियो । सी वर्गमाक्रमश : प्रथमहुने टेकप्रसाद, प्रवेश मगरलाई ३० हजार नगद, दोस्रो हुने लोक लामा र कुमार विकलाई १५ हजार नगद तृतीयहुने लक्ष्मण सुनुवार र प्रवीण सुनुवारलाई ५ हजार नगद सहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो । बी वर्गमा प्रथम हुने डेविड थापा मगर, विवेक चौधरीलाई ५० हजार नगद, दोस्रो हुने शशीन डंगोल, सुमन शाक्यलाई ३० हजार नगद, तेस्रो हुने अनिलमल्ल, नरेन्द्र बमलाई १० हजार नगदसहित प्रमाणपत्र मेडल र ट्रफी वितरण गरिएको थियो । नेपाल एस बीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख प्रायोजनमा र कृषिविकास बैंकको सह प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।
रासस