सुनाखरी न्युज / काठमाडौं । झट्ट हेर्दा खाउँखाउँ लाग्ने माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको हो । माछा बजारको चर्चित मलेखु बजारमा चाडवाडसँगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो परिणामको माछा जफत गरिएको हो । रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ ।मानव स्वास्थ्यका लागि हानीकारक कोलतार रङ ( सिम्पेथिक फुड कलर ) मिसावट गरेको भेटिएको हो ।
यो एक किसिमको मेटल कलर पनि हो । सबैले मीठो मानेर मलेखुको माछा खानेक्रममा यस किसिमको रङ लगाई बनाइएको माछा खाँदा मानव स्वास्थ्यमा समस्या आउने भएकोले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर रङ प्रयोग भएका सबै माछा जफत गरिएको थियो ।
राम्रो देखाउनका लागि माछा प्रशोधन गर्ने र आगोमा सुकाउने बेलामा नै रङ मिसाउने गरेको पाइन्छ ।होटलहरुले सिलमा सजाएर पसल अगाडि झुण्डाएका माछा र प्रशोधन गर्दै गरेको ठाउँबाट भेटेका जति सबै माछा जफत गरेर नष्ट गरेको हो ।एउटा माछा प्रशोधनस्थलबाट थोक बिक्री गर्ने पसलबाटसमेत ठूलो परिणाममा माछा सबै जफत गरिएको थियो ।
माछा जफत गरिएका धेरैजसो होटलहरुमा यस अघि पनि अनुगमन हुँदै आएको थियो । अनुचित व्यापारिक क्रियाकलापअन्तर्गत दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।