२०८१ आश्विन ८ , मंगलबार

चार राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

ram chandra

सुनाखरी न्युज /  काठमाडौं  ।

राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

 

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 

शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।