सुनाखरी न्युज / काठमाडौं ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा मंगलबार आगलागी हुँदा सात परिवारको रु ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हुँदा सँगै टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको र उक्त आगो फैलिई निजका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र निजका सानो भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जली क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको रु ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस