२०८१ पुष २५ , बिहिवार

दराजको दशैं धमाका सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नुहुनेछ भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्नुहुन्छ । असोज १७ गतेबाट लागूहुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरु छन् ।

यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत ९रु १,५०० सम्म०र क्रेडिट कार्डमा २० प्रतिशत ९रु २,००० सम्म०को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्रप्त गर्ने मौका । दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो त्यसैले दराज परिवार सम्पूर्णलाई ‘दराज दशैं धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गर्दछ ।

 

दराजको बारेमा
सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ ।

 

३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरु बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दरजले बिक्री गर्दै आएको छ ।