२०८१ मंसिर १४ , शुक्रवार

यात्रु सहायता कक्षको स्थापना तथा संचालन

387783633_700375132122988_6481944623252152384_n

सुनाखरी न्युज/ काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष (Passenger Help Desk) को स्थापना गरी संचालनमा ल्याईएको छ ।

May be an image of 11 people, television and text
नजिकिदै गरेको बिभिन्न चाडपर्वहरुलाई लक्षित गरी चाडबाडको समयमा यात्रा गर्दा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागी कोशी प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको बिभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थानपना गरिएको हो ।

May be an image of 10 people and text

सम्बन्धीत जिल्ला प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु , मातहतका प्रहरी कार्यालयहरू तथा यातायात व्यवस्था सम्बद्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह शुरु गरिएको छ। जस अन्तरगत विराटनगरको बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, झापाको बिर्तामोड बसपार्क, दमक नगरपालिका-६, मेचीनगर नगरपालिका-६ काकडभिट्टा, मेचीनगर नगरपालिका-१३, भद्रपुर नगरपालिका-५ र १० मा, बुद्धशान्ति गाउँपालिका-३ बुधवारेमा, ताप्लेजुङको तोक्मेडाडा, पाँचथरको फिदिम नगरपालिका पुरानो बसपार्कमा, धनकुटा बसपार्क, हिले, र भेडेटारमा, उदयपुरको बरुवा बसपार्कमा, तेह्रथुमको लालिगुराँस नगरपालिका-२ को गुराँस चोक र म्याङलुङ बसपार्कमा, सुनसरीको कोशी गाउँपालिका-४ शिवचोकमा र ईटहरी बसपार्कमा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ आँवाडाडा, दुधकुण्ड नगरपालिका-७ जोर बौद्ध र दुधकुण्ड नगरपालिका-८ पतालेमा, ईलामको सुर्योदय नगरपालिका-१० को फिक्कल र ईलाम नगरपालिका-५ बिब्ल्याटेमा, भोजपुरको भोजपुर नगरपालिका-६ देउराली, हतुवागढी नगरपालिका-१ घोरेटार, अरुण गाउँपालिका-६ जरायोटार र टेम्के मैयुम गाउँपालिका-३ दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण नगरपालिका-११ रमाईलोडाडा र मिलचौकमा र मानेभञ्याङ गाउँपालिका-७ हर्कपुरमा र सखुंवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क र चैनपुर नगरपालिका-१ जिरोप्वाईन्टमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह शुरु गरिएको हो ।

May be an image of 6 people and text

यसका साथै यात्राको क्रममा यात्रु महानुभावहरुलाई कुनै प्रकारको असहजता, असुरक्षित महशुस भएमा र समानहरु छुटेमा नजिकको यात्रु सहायता कक्ष वा प्रहरीको हट लाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा सम्पर्क गर्नु हुन सुचित गरिन्छ ।