सुनाखरी न्युज / काठमाडौं ।
कप्तान देव खनालको शतकप्रेरित नेपाली टोलीले एसीसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध ३५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बांगीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले ४०। १ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनायो देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्।
यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू(१९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्। देवको शतकसाथै नेपालका लागि ओपनर दीपक बोहराले ६५ रन र दीपक डुम्रेले ६९ रन जोडे।
मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन्। समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ ।