सुनाखरी न्युज / काठमाडौं ।
विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ। भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ। यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ। चालु विश्वकपमा दुईरदुई खेल गुमाएका अष्ट्रेलिया र श्रीलंकालाई यो खेल जित्नै पर्ने दबाब छ।
पूर्व विश्वविजेता यी दुवै टोलीले सुरुवाती खेलमा खराब प्रदर्शन गरेका छन्। उनीहरुलाई सेमिफाइनलमा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्ने स्थिति छ।यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा विजयी भएको छ । यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।