२०८१ आश्विन ७ , सोमवार

श्रृङ्खलाले स्विकार गरिन् सम्भवसँगको प्रेम सम्बन्ध

hrinkhala

सुनाखरी न्युज /  काठमाडौँ ।

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आफू कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेममा रहेको खुलासा गरेकी छन् । सामाजिक सञ्जालमा एउटा रिल सेयर गर्दै उनले यसको खुलासा गरेकी हुन् । ‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सार्वजनिक गर्न पाउँदा धेरै खुसी छु,’ उनले लेखेकी छन्, ‘ नमस्ते ! हामी सम्भव र श्रृङ्खला हौँ ।

 

हाम्रो मिडल नेम ’होपलेस- रोमान्टिक’ हो र सार्वजनिक रूपमा हाम्रो प्रेम साझा गर्न दुई सुपर- अन्तर्मुखीहरूलाई धेरै साहस चाहिएको थियो । तर यो हामीले साझा गर्ने समय हो ।’ उनले सम्भवबारे लेखेकी छन्, ‘यहाँ गत वर्ष मैले तपाईसँग कस्तो महसुस गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु । ‘असफल’ यस कारण कि मलाई थाहा छ मैले महसुस गरेको भावनाहरूलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ । जुन म तपाईंसँग महसुस गर्छु।’श्रृङ्खलाले सम्भवसँगका केही फोटो र रोमान्टिक भिडियो पनि सेयर गरेकी छन् ।

 

उनले प्रेम के हो भन्ने जवाफ दिन प्रयास गर्ने कम्तीमा २० खाताहरू आफ्नो डायरीमा रहेको समेत बताएकी छन् ।​ जबदेखि म ११ बर्षको उमेरमा थिएँ। तपाइलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।’ श्रृङ्खलाले सम्भवसँग भेट भएपछि आफ्नो जीवनको मोड नै परिवर्तन भएको उल्लेख गरेकी छिन्।