सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल ९काठमाडौं प्लाजानेर० पुग्ने सडक एकतर्फी भएका छन् ।
यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल ९नयाँ पुल० हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ ।
त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।
यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।