२०८१ मंसिर ११ , मंगलबार

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

Capture

सुनाखरी न्युज/ काठमाडौं । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् ।

 

फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

 

स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।रासस