सुनाखरी न्युज/ काठमाडौं ।
संसद्को आगामी हिउँदे अधिवेशन सिंहदरबारमा निर्माणाधीन नयाँ भवनमा संचालन गर्न चाहेको सभामुख देवराज घिमिरेले संघीय बताएका छन् । उनले तत्काल काम सक्न सरकार र निर्माण कम्पनीसँग आग्रह गरे ।
संसद् सचिवालयमा मंगलबार सहरी विकासमन्त्री सीता गुरुङ, संघीय संसद् भवन आयोजना प्रमुख मचाकाजी महर्जन र निर्माणमा संलग्नहरूसँग भएको छलफलमा उनले निर्माण कार्य छिटो सक्न निर्देशन दिएका हुन् ।
संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउन चाहन्छौं, निर्माण छिटो सक्नुस् स् सभामुख घिमिरे
संसद् सञ्चालनका क्रममा प्रविधिको प्रयोग संसद्का कर्मचारीले गर्नुपर्ने भएकाले त्यसको यथेष्ट जानकारी पनि दिनुपर्ने उनको भनाइ थियो । भेटमा सहरी विकासमन्त्री गुरुङले पनि हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्न सकिने गरी नै निर्माणको काम अघि बढेको जानकारी गराएकी थिइन् । पछिल्लो समय द्रुत गतिमा काम भइरहेको तर त्यो पनि,सोचेअनुसार भने हुन नसकेको उनको भनाइ थियो । संसद्को नयाँ भवनमा जडान गरिने प्रविधिसमेत नयाँ हुने उनले बताइन् ।
आयोजना प्रमुख मचाकाजी महर्जनले नयाँ संसद् भवनका ११ मध्ये ७ वटा भवनको काम छाना छाउने कामसम्म पुगेको जानकारी दिए । सम्पूर्णमा ७५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ थियो । संघीय संसद्को भवन निर्माण २०७६ असोजमा सुरु गरिएको हो ।
सहरी विकास मन्त्रालयले निर्माण सुरु गर्दा ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ लागत अनुमान गरेको थियो । निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण सक्ने भन्दै टेन्डर पारेको थियो ।