२०८१ मंसिर ९ , आइतवार

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् ।

भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त जैविक प्राङ्गारिक मल उत्पादनका लागि प्रशिक्षणमार्फत अभियानका रुपमा सबै वडामा पु¥याइने गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताउनुभयो । “किसनालाई आफैँं मल उत्पादन गर्ने तालिम दिई मेसिनसमेत उपलब्ध गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले रासायनिक मल अभाव टार्दै बिगे्रको माटोलाई सुधार्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।”

भजुेलका अनुसार किसानद्वारा उत्पादित मलको प्रयोगशाला परीक्षण स्थानीयस्तरमै गर्ने तथा लेबलिङ गरी गाउँपालिकाले खरिद गरी बिक्रीवितरण गर्ने छ । दाउराको कोइला तथा बाख्राको बड्कौंला मिश्रित कच्चपदार्थमार्फत बनाइएको मल दुई हप्तापछि प्रयोग गर्न मिल्ने जनाइएको छ । उहाँका अनुसार गाउँपालिकाले पहिलो चरणमा पत्येक वडाबाट दुई किसानलाई तालिम दिने र ती प्रशिक्षित किसनाले वडास्तरका अन्य किसानलाई तालिम दिने छन् ।

पाँचखाल नगरले गत कात्तिक तेस्रो सातादेखि जापानीज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन थालेको थियो । पाँचखाल–४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्र स्थापना गरी नगरमा निस्कने कुहिने फोहर सङ्कलन गर्नुका साथै गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानीज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको पालिका कार्यालयले जनाउको छ ।

केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानीज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गर्न थालेको नगर प्रमुख महेश खरेलले बताउनुभयो ।

सिएनबीएम प्रविधिमा कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताउनुभयो । “ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै बिरुवाका लागि आवश्यक सबैखाले पोषकतत्व पुग्दछ”, उहाँले भन्नुभयो, “मागअनुसार पर्याप्त मल उत्पादन गर्न सक्छौँ । यसका लागि किसानलाई जानकारी दिलाउनु आवश्यक छ ।”

प्राङ्गारिक मल उत्पादनका लागि नगरमार्फत कुहिने फोहर तथा जङ्गलका पातपतिङ्गर व्यवस्थापनमा सहयोग गरे केन्द्रले किसनालाई मल कसरी वितरण गर्नेबारे थप छलफल गर्ने जनाएको छ । गिरीका अनुसार जापानीस्थित ग्रिन यामाकाजी कम्पोस्ट प्रालिको सिएनबीएम प्रविधिमा पाँचखालमा प्राङ्गारिक मल उत्पादन थालिएको हो । केन्द्रले स्थानीय किसानलाई उक्त मलबारे शिक्षा, तालिम र चेतना तथा प्राविधिक र परामर्श सेवा प्रदान गरिने जनाएको छ ।

रासायनिक मलको अभावमा पर्याप्त कृषि उपज उत्पादन गर्न कठिनाई भएको समयमा केन्द्रको स्थापनाले किसानलाई निकै राहत पुग्ने नगर प्रमुख खरेलले बताउनुभयो । उहाँले भन्नुभयो “नगरले फाहर सङ्कलन तथा अन्य आवश्यक समन्वय र सहयोग सुरु गरेको छ ।” रासस