२०८१ पुष १५ , सोमवार

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं । स्वतन्त्रऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीम प्रसादगौतम नियुक्त भएका छन् ।ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

 

इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमाइप्पानले नयाँउचाईं हासिलगर्ने विश्वास व्यक्त गरे । इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पान लाई नयाँ उचाईं दिन आफूले सतप्रतिशत योगदान दिने बताए । काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँगदुई दशकलामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलमच लाउँदै आएका छन् । नेपालआर्थिक पत्रकार समाज (सेजन) कापूर्व अध्यक्षसमेत रहेकागौतमले राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपालवान च्यानल, कारोबार दैनिकहुँदै पछिल्लो समय नेपालपूर्वाधार डट कममा सम्पादकीय नेतृवमा थिए । नयाँबानेश्वर स्थित सेफर्ड कलेजमापत्रकारिताअध्ययपन गराउने गौतम अनुसन्धानगर्ने संस्थासिआरआई नेपाल काकार्यकारी निर्देशक समेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिताविषयमै एमफिल गरेका छन् ।

 

देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पानऊर्जा उद्यमीहरुको साझा संस्थाहो । इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै, ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन् । क्षेत्रगत लगानीकाहिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।