सुनाखरी न्युज / काठमाडौं ।
सरस्वतीबहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह शुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा पुष ३ गतेदेखि खेलकुद सप्ताह शुरु भएको हो ।पुष९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमाभलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागी भएको स्ववियु सचिव राजेशबाबु बगालेले बताउनुभयो ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसले आफ्नो वार्षिकोत्सवयही पुष १० गते भव्यपूर्वक मनाउने तयारी भैरहेको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताउनुभयो । राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचीको रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गर्नुभएको थियो ।वि.सं. २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवनविश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो ।
क्याम्पसमा स्नातक र स्नातकोत्तर तहकाविभिन्नकार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमाएम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातकतहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, भुगोल, बीसीए, बीएस्डब्लू समेतकाविषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्याप नहुने गरेको क्याम्पस प्रमुख गुरुङले बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रमकालागि शिक्षामन्त्री, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार, पूर्व पदाधिकारीहरु, प्राज्ञिक र शैक्षिक विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको विद्यार्थी कल्याण प्रमुख बाबुराम चापागाईले बताउनुभयो ।