२०८१ आश्विन ७ , सोमवार

क्रिसमस र अंग्रेजी नयाँवषमा प्याराडिसो स्पोर्ट्स बारमा तीन ठुला कन्र्सट

Capture

सुनाखरी न्युज/ पोखरा।
पोखरा आउने पर्यटकलाई क्रिसमस र अंग्रेजी नयाँवर्षलाई लक्ष्त गरेर तीन ठुला कनर्सटको आयोजना गर्न लागेको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई लक्ष्त गरेर क्रिसमसमा नबिन के भट्टराई, नयाँ वर्षमा स्याडोज र द इलिमेन्स व्याण्डले मनोरञ्जन दिने छन् ।

‘क्रिसमस’ र नयाँ वर्षको स्वागतार्थ कार्यक्रमको आयोजना गरेको प्यारोडिसोका म्यानेजर हरी पौडेलले बताए । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा पुस ९ साँझ लाइभ कन्सर्ट मार्फत नबिन के भट्टराई दर्शकमाझँ आउदै छन् ।युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।

मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।

त्यसै गरी पुस १४ गते ‘द स्याडोज नेपाल’ को प्रस्तुती रहेको छ । स्याडोजका चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ ।सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।

उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए ।त्यसै गरी पुस १५ गते दि एलिमेन्टस ब्याण्डले दर्शक नचाउने छन् । व्याण्डमा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् । उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु, लगाएतका गीतहरु प्रस्तुति दिने छन् । उनीहरुमा अद्भुत भाइबहरू सिर्जना गर्ने क्षमता रहेको प्याराडिसोका म्यानेजर पौडेले बताए ।

क्रिसमस पछि आउने अग्रेजी नयाँ वर्षका लागि लक्ष्त गर्दै रेवान पोखराले २५ वर्ष देखि सडक महोत्सव गर्दै आएको छ । ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विदेशी र स्वदेशी पर्यटकहरु रमाउने गर्दछन् । सडक महोत्सव कै लागि पोखराका लेकसाइडका सडकहरु सजिसजाउ बनेका छन् ।