सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।
यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन् । उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् । प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन । दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे । रासस