सुनाखरी न्युज/ काठमाडौं ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपालीजनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथधुमबाराही, काठमाडौंमा अवस्थित Apollo Diagnostic Centerसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवाक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्तगर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
सेवाहरु छुट
Health Packages २५%
Routine Tests २५%
Outsource Tests १०%
COVID-19: RT-PCR Test रु.१०००
COVID-19: Rapid Antigen Test रु.७५०
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवाक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपालीजनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीयजन चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।