२०८१ मंसिर ८ , शनिवार

नेप्से परिसूचकमा ३६ अंकले वृद्धि

Share-Working

सुनाखरी न्युज/ काठमाडौं।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ अंकले वृद्धि भएको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो ।आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक २.६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२८ प्रतिशतले बढेका छन् ।

यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक १.६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक १.१७ प्रतिशतले, निर्जीवन बीमा समूह १.४२ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूहको उपसूचक आज ०.५९ प्रतिशतले बढेको छ । तर म्युचुअल फन्डको उपसूचक भने आज ०.०१ प्रतिशत (झिनो) ले घट्न पुगेको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो ।सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशूली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट (१० प्रतिशत मूल्य वृद्धि ) लागेको छ ।

३६ अंकले नेप्से सूचक बढेको यस दिन ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।