२०८१ कार्तिक १६ , शुक्रवार

“सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रा. लि बिचसम्झौता पत्रमा हस्ताक्षर”

Capture

सुनाखरी न्युज / काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बिच बैंकका ग्राहक महानुभाव बैंकका कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक श्रीपृथ्वी सुुवेदीले हस्ताक्षर गर्नुु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषाडेबिट कार्डतथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पातथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरुतथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।