सुनाखरी न्युज/ काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८० पौष २६ गते बिहिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७९÷८० को बार्षिक प्रतिबेदन पारित गरीआ. ब. २०८०÷८१को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्री चिन्ता मणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न १६ आंै वार्षिक साधारणसभामा आ.ब. २०७९÷८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नु भएको थियो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथाएक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर)स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।