२०८१ मंसिर १५ , शनिवार

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो ।

‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस)’ को तथ्याङ्कअनुसार १२० वटा प्रभावित उडानहरूमा ४४ वटा अन्तर्राष्ट्रिय ७६ वटा आन्तरिक लगायतका उडानहरू रहेका छन् ।बुधबार बिहान आठ बजेसम्मको एफआइडिएसको तथ्याङ्कअनुसार १२० उडानहरू प्रभावित भएका साथै कुहिरो र अन्य कारणहरूले गर्दा कूल ५३ उडान रद्द गरिएको छ । रद्ध गरिएका उडानमा ३७ वटा आन्तरिक र १५ वटा अन्तर्राष्ट्रिय उडानहरू रहेका छन् ।

यसैबीच, बुधबार दिल्ली जाने करिब २० वटा यात्रुबहाक रेलहरू निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार बुधबार बिहान ५ः३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको थियो ।आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको थियो ।  रासस/  एएनआई