सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ ।३० अर्बको निक्षेप संकलन उपकरण बुधबार बोलकबोल गरेकोमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको केन्द्रीय बैंकले ४ माघमा पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
बुधबार ३० अर्बको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान भएको ३७ अर्ब ७० करोडको आवेदन परेको थियो ।
राष्ट्र बैंकले कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो ।
बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा तल झरेमा विभिन्न औजार मार्फत तरलता खिच्ने गर्दछ ।