२०८१ पुष १२ , शुक्रवार

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
म्याक कफीको आधिकारिक आयातकर्ता आक्र्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याक कफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेका छन् । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत बिजेताको औपचारिक गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राज भाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याक कफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याक कफी उपहार धमाकामा अपेक्षा गरिए भन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।

“नेपाली बजारमा म्याक कफीको लोक प्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,” उनले भने, “अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नु पर्ने देखिएको छ ।”

श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।