२०८१ मंसिर ८ , शनिवार

नेप्से परिसूचकका साथै कारोबार रकम पनि खुम्चियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज ५.३१ अंक घटेर नेप्से परिसूचक २०६१ अंकमा कायम भएको छ । परिसूचकका साथै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार ३ अर्ब २१ करोडमा खुम्चियो ।

आइतबार केही समूह बढ्दा केही घटे । कुनै पनि समूह १ प्रतिशतभन्दा माथि घटबढ भएन । विकास बैंक २६, फाइनान्स ७, लगानी ०.०७ र निर्जीवन बीमा समूह ५५ अंक बढे ।

त्यस्तै वाणिज्य बैंक २, होटल तथा पर्यटन २७, हाइड्रोपावर १०, जीवन बीमा ५७, उत्पादन ९, माइक्रोफाइनान्स ७, अन्य १८ र ब्यापार समूह १ अंक घटे । १३२ कम्पनीको मूल्य घट्दा १०४ कम्पनीको बढ्यो भने ११ को स्थिर रह्यो । युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय स्थिति राम्रो देखिँदा यस कम्पनीमा आइतबार आकर्षण देखियो ।

त्यस्तै मोलुङ हाइड्रोपावरको ९.४, समाज लघुवित्तको ८.२, भगवती हाइड्रोपावरको ६.७, किसान लघुवित्त वित्तीय संस्थाको ६.६ तथा मेन्छियाम हाइड्रोपावरको ५.८ प्रतिशत मूल्य बढ्यो ।महिला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । रावा इनर्जीको ५.१, नेपाल वेयरहाउजिङ कम्पनीको ३.७ र मन्दाकिनी हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइनस्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, निफ्रा, ङादी ग्रुप र रिडी पावर क्रमशः अगाडि रहे ।