२०८१ आश्विन ६ , आइतवार

गतिशिल सहकार्यले बन्यो आइएम द सुपरस्टार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइएम द सुपरस्टार सार्वजनिक गरेकी छन्।गीतमा सुरज विक्रम थापा (बुलेटफ्लो)र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ २ एमएल (पीगइ प्रोड)ले प्रति ध्वनि दिने ताल निकालेका जनाए।

मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथा वाचनलाई उत्कृष्ट रुपले पस्केका बताए ।छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन्। भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच ४ स्टुडियोले गरेको छ।

गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशःइश्वर बल्लभ उप्रेती, इन्द्र लाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेती लगायतको सहकार्य छ।सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन्।

गीतको कथाले सबैभित्रको जन्म जात सुपरस्टारलाई जोडदिएको छ।गीतले श्रोता माझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त रहेको जनाए।