सुनाखरी न्युज/ काठमाडौं ।
संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।
आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।
यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।