२०८१ मंसिर ८ , शनिवार

एनसेलको डबल मजाप्याक, बोनसको रूपमा डबल डेटा पाइने

Capture

सुनाखरी न्युज/काठमाडौं ।
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजाप्याक’खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको हो । यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधी रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् ।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ ।डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन् । साथै हालै मात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ ।

थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युम मार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन् ।

७ दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।